जोडिनुहोस
  • होमपेज
  • निजी क्षेत्रलाई उत्साहित गर्नेगरी बजेट ल्याउन आवश्यक छ : पूर्वअर्थमन्त्री कार्की

निजी क्षेत्रलाई उत्साहित गर्नेगरी बजेट ल्याउन आवश्यक छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले निजी क्षेत्रलाई उत्साहित गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै कार्कीले लगानीको प्रतिफल आउने गरी निजी क्षेत्रलाई समेत उत्साहित गर्ने गरी बजेट ल्याइनुपर्ने बताए ।

हजारौं लाखौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा सरकारले बजेटमार्फत त्यस्तो जनशक्ति स्वदेशमा नै रोक्नेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए । युवाहरुमा पलायको नैरास्यतालाई न्यूनिकरण गर्दै देशमा नै केहीँ गर्न सकिन्छ भन्ने जनभावनाको विकास गर्नुपर्ने बताए । मुलुकभित्र भौतिक पूर्वाधारका साथै उर्जा, कृषि र पर्यटन क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका