जोडिनुहोस
  • होमपेज
  • टेक्सासमा आठ जनाको हत्या गर्नेको पहिचान खुल्यो

टेक्सासमा आठ जनाको हत्या गर्नेको पहिचान खुल्यो

टेक्सास । अमेरिकाको टेक्सास राज्यको डालास मलमा अन्धाधुन्ध गोलाबारी गरेर आठ जनाको हत्या गर्ने व्यक्तिको पहिचान भएको छ । प्रहरीका अनुसार आक्रमणकारी ३३ वर्षीय माउरिसियो गार्सिया भएको खुलेको हो ।

डालासका निवासी गार्सिया पछि प्रहरी कारबाहीमा मारिएका थिए । शनिबार भएको घटनामा एआर–१५ राइफल प्रयोग भएको थियो भने आक्रमणकारीले कम्ब्याट पहिरिएको राष्ट्रपति जो बाइडेनले जानकारी दिएका छन् । अनुसन्धानकर्ताहरुले ती व्यक्तिको दक्षिण चरमपन्थीहरुसँग सम्बन्ध रहेको आशङ्का गरेका छन् ।

अमेरिकाको सीबीएस न्युजले आक्रमणकारीको लुगामा आरडब्लूडीएसको लोगो रहेको थियो । यसको अर्थ ‘राइट विङ डेथ स्क्वाड’ हुन्छ । यो एउटा नियो नाजी समूह भएको अनुमान गरिएको छ । घटनामा घाइते भएका ३ जनाको अवस्था नाजुक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका