जोडिनुहोस
  • होमपेज
  • उदयपुरमा बालिकासहित दुईजना बलात्कृत, दुई किशोर पक्राउ

उदयपुरमा बालिकासहित दुईजना बलात्कृत, दुई किशोर पक्राउ

उदयपुर । उदयपुरमा १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका