जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रका नासु भण्डारी बेगनास तालमा मृत भेटिए

परराष्ट्रका नासु भण्डारी बेगनास तालमा मृत भेटिए

पोखरा । परराष्ट्र मन्त्रालयमा कार्यरत नासु अनुप भण्डारी पोखरा लेखनाथको बेगनास तालमा मृत फेला परेका छन् ।

अन्दाजी ३१ वर्षीय भण्डारीको शव सोमबार बेगनासतालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।

उदयपुर घर भएका उनी आइतबार घुम्न पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विकले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका