जोडिनुहोस
  • होमपेज
  • प्रि-बजेटका बारेमा आज पनि छलफल हुने

प्रि-बजेटका बारेमा आज पनि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभामा आज पनि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।

प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि-बजेटका बारेमा छलफल हुन लागेको हो ।

जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए ।

उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका