जोडिनुहोस
  • होमपेज
  • मेस्सीलाई प्रतिष्ठित लौरियस अवार्ड

मेस्सीलाई प्रतिष्ठित लौरियस अवार्ड

काठमाडौं । लियोनल मेस्सी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले यस वर्षको लौरियस अवार्ड प्राप्त गरेका छन् ।

अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले ब्यक्तिगततर्फ र विश्व विजेता अर्जेन्टिनी फुटबलका सदस्यले विश्व खेलकुदको प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको थियो । सो प्रतियोगितामा मेस्सीले ७ गोल गर्दै गोल्डेन बल समेत प्राप्त गरेका थिए भने गत डिसेम्बरमा कतार विश्वकपमा उपाधि समेत उचालेका थिए ।

मेस्सी एउटै वर्षमा ब्यक्तिगत र टिमको रुपमा अवार्ड प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

स्पोर्ट्स वुमन अफ द इयरको अवार्ड जमैकाकी स्प्रिन्टर शेली एन फ्रेजर प्रिसले प्राप्त गरिन् ।

गत जुलाईमा ओरिगनमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा उनले १०० मिटर दौडमा स्वर्ण जितेकी थिईन् । सोही प्रतियोगितामा ट्रयाक इभेन्टमा ५ स्वर्ण जित्ने उनी पहिलो खेलाडी बनेकी थिईन् ।

वर्षभरी खेलकुदमा खेलाडी र टिमले प्राप्त गरेको उपलब्धिका आधारमा हरेक वर्ष यो अवार्ड प्रदान गरिने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका