जोडिनुहोस
  • होमपेज
  • भारत : यात्रीले खचाखच भरिएको बस पुलबाट खस्यो, १५ को मृत्यु

भारत : यात्रीले खचाखच भरिएको बस पुलबाट खस्यो, १५ को मृत्यु

भारतको मध्य प्रदेको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको जानकारी दिए । खोला हाल सुकेको छ । मिश्राले भने, ‘१५ जनाको मृत्यु भएको खबर छ । २०–२५ जना घाइते छन् । सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।’

समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोन बस दुर्घटनामा मारिएकाहरूको परिवारलाई ४–४ लाख र गम्भीर रूपमा घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेको छ । यस्तै, सामान्य रूपमा घाइतेलाई २५–२५ हजार भारुको आर्थिक सहायता दिने जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका