जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानको लिथियम खानीमा चीनको कुदृष्टि

अन्तर्राष्ट्रिय

अफगानिस्तानको लिथियम खानीमा चीनको कुदृष्टि

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख २६, २०८०
अफगानिस्तानको लिथियम खानीमा चीनको कुदृष्टि

काबुल— चीनको गोचिन कम्पनीले अफगानिस्तानको लिथियम खानी क्षेत्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्ताव केही दिन अघि गरेको छ । वास्तवनमा यो खानीको मूल्य १ ट्रिलियन अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ । चीनको यो लगानी स्पष्ट रूपमा अफगानिस्तानको खनिज स्रोत, विशेष गरी लिथियम भण्डारमा, आफूले कब्जा गर्ने एक रणनीति हो।

अफगानिस्तानको खानी तथा पेट्रोलियम मन्त्रालयका अनुसार चिनियाँ कम्पनीले लिथियम खानीको ठेक्का पाएमा सुरुङ, हाइड्रो–इलेक्ट्रिक बाँध र राजमार्गलगायत अन्य धेरै अफगान पूर्वाधार आयोजनामा लगानी गर्ने प्रस्ताव पनि दिएको छ ।

तालिबानले काबुल कब्जा गरेपछि बेइजिङले अफगानिस्तानमा आफ्नो आर्थिक पदचिह्न बढाउन र यसको प्राकृतिक स्रोतहरू नियन्त्रण गर्न खोजिरहेको छ।

चिनियाँ कम्पनी तथा अधिकारीहरू तालिबान अधिकारीहरूसँग पुनः वार्ता गर्न र अघिल्लो खानी र तेल सम्झौताहरू पुनः सुरु गर्न लागिपरेका छन्।

यसअघि जनवरी ६ मा तालिबानले अमु दर्या बेसिनबाट तेल निकाल्ने सिन्जियाङ सेन्ट्रल एसिया पेट्रोलियम एण्ड ग्यास कम्पनी (क्यापिक)सँग सम्झौता गरेको थियो। यो सम्झौतामा पहिलो वर्ष १५ करोड अमेरिकी डलर र आगामी तीन वर्षमा ५४ करोड अमेरिकी डलर लगानी हुनेछ । अफगानिस्तानमा ठूलो उपस्थितिले चीनलाई आफ्नो क्षेत्रीय शक्ति र प्रभाव बलियो बनाउने अवसर प्रदान गर्दछ।

विश्वका आधाभन्दा बढी विद्युतीय सवारीसाधन देशमा बिक्री भएकाले लिथियम र कोबाल्टको लागि चीनको लागि यो खानी महत्वपूर्ण रहेको छ। चिनियाँ कम्पनीहरूले विश्वव्यापी लिथियम प्रशोधन र रिफाइनिङको लगभग दुई तिहाइ व्यवस्थापन गर्ने गर्दछन् ।

खनिज प्रशोधन क्षमताको महत्वपूर्ण हिस्साको साथ चीनले लिथियम र अन्य खनिजहरूमा आफ्नो नियन्त्रण कायम राख्न आफ्नो लगानी बढाउँदैछ। विगत पाँच वर्षमा चिनियाँ कम्पनीहरूले अर्जेन्टिना, बोलिभिया, मेक्सिको र चिलीलगायत ल्याटिन अमेरिकामा लिथियम खानीमा महत्वपूर्ण लगानी गरेका छन्।

साथै, चिनियाँ कम्पनीहरू पनि खनिज उत्खननका लागि जिम्बाब्वे, नामिबिया र कंगोलगायत अफ्रिकामा प्रवेश गरिरहेका छन्। अफ्रिकाले विश्वको कोबाल्टको दुई तिहाइ र तामाको १० प्रतिशत उत्पादन गर्दछ, जबकि लिथियम स्रोतहरूको अन्वेषण प्रारम्भिक चरणमा छ।

राजनीतिक अस्थिरता, अपर्याप्त कानून र नियमहरू, भ्रष्टाचार, कमजोर पूर्वाधार र प्रारम्भिक चरणको अन्वेषणसँग सम्बन्धित समस्याहरू जस्ता जोखिमहरूका बावजुद चिनियाँ लगानीकर्ताहरू पश्चिमी देशहरूमाथि अग्रसर हुन महादेशको खनिज स्रोतहरूमा लगानी गर्न इच्छुक छन्।

युक्रेनमा रूसको आक्रमण र पश्चिम र चीनबीचको तनाव बढेपछि महत्वपूर्ण खनिजहरूमा कसको पहुँच हुने चिन्ता पछिल्लो समय उत्सर्घषमा रहेको छ। चीनले कोबाल्ट, लिथियम र दुर्लभ धातुहरू जस्ता खनिजहरूमा प्रभुत्व जमाउने प्रयास गरिरहेको छ जुन नयाँ युगको ऊर्जा संक्रमणको लागि महत्त्वपूर्ण छ।

विश्लेषकहरूले चिनियाँ कम्पनीहरूले दुर्लभ घातुको आपूर्ति सुरक्षित गर्ने दीर्घकालीन रणनीतिका रूपमा लिथियमको मूल्य कम हुँदा पनि अफ्रिका र ल्याटिन अमेरिकामा लगानी गरेको छ। चीनले विदेशमा खानीमा मात्रै लगानी गर्दैन तर उत्पादन प्रशोधन गर्न घरेलु रिफाइनरी निर्माणमा पनि लगानी गरिरहेको छ ।

न्यूयोर्कस्थित कोवेन इन्कमा दिगोपन र ऊर्जा संक्रमणका प्रबन्ध निर्देशक डेभिड डेकेलबमका अनुसार, चीनले सस्तो ईभीको उत्पादनमा सब्सिडी दिएर र कम्पनीहरूलाई लगानी गर्न मद्दत गरेर आफ्नो लिथियम उद्योग निर्माण गर्न विगत दशकमा ६० देखि १०० बिलियन अमेरिकी डलर लगानी गरेको छ।

आफ्नो भू–आर्थिक चासो फैलाउन र बजार प्रभुत्व जमाउने दीर्घकालीन रणनीति चिनियाँ कदमले हरित ऊर्जामा नयाँ आयाम ल्याउन खोजिरहेका अन्य देशका लागि रणनीतिक र सुरक्षा चुनौती खडा गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका