जोडिनुहोस
  • होमपेज
  • सर्बियामा बन्दुक आतंकविरुद्ध विशाल प्रदर्शन

अन्तर्राष्ट्रिय

सर्बियामा बन्दुक आतंकविरुद्ध विशाल प्रदर्शन

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख २६, २०८०
सर्बियामा बन्दुक आतंकविरुद्ध विशाल प्रदर्शन

काठमाडौं । सार्वजनिक स्थलमा हुने बन्दुक आतंकविरुद्ध सर्बियाको राजधानी बेलग्रेडमा हजारौंको संख्यामा सर्वसाधारणले प्रदर्शन गरेका छन् । उनीहरुले सार्वजनिक स्थलमा बन्दुक आतंकको अन्त्य गरिनुपर्ने माग गरेका छन् ।

गत साता सर्बियाको राजधानी बेलग्रेड र अर्को एक शहरमा सार्वजनिक स्थलमा भएको बन्दुक आक्रमणमा परी धेरैले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापछि सर्वसाधारण निकै आक्रोशित बनेका छन् ।

गत बुधबार र बिहीबार सार्वजनिक स्थलमा भएको बन्दुक आक्रमणमा परी १७ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये ८ जना बालबालिका पनि थिए । बन्दुकधारीहरुले एउटा प्राइमरी स्कुलमा अन्धाधुन्द बन्दुक चलाउँदा उक्त घटना भएको थियो ।

प्रदर्शनमा निस्किएका सर्वसाधारणले उक्त घटनाको जिम्मेवारी लिँदै उच्चपदस्थ सरकारी अधिकारीहरुले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् । सञ्चारमाध्यमहरुले समेत हिंसाका घट्नाहरुलाई निरुत्साहित गर्न भूमिका खेल्नुपर्ने माग पनि प्रदर्शनकारीले गरेका छन् ।

सर्बियाका राष्ट्रपछि अलेक्जेन्डर भुसिचले भने प्रदर्शनकारीहरुको आलोचना गरेका छन् । उनले बन्दुक आतंकको घटनालाई विपक्षीहरुले अनावश्यक रुपमा उचालेको आरोप लगाएका छन् । राष्ट्रपतिले बन्दुक आतंकजस्तो संवेदनशील घटनालाई विपक्षीहरुले आफ्नो स्वार्थमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।

राष्ट्रपति अलेक्जेन्डरले आफु र आफ्नो पार्टीको लोकप्रियताको परीक्षण गर्न जनतामाझ जान तयार रहेको पनि बताएका छन् । सर्बियामा सन् २०२६ मा संसदीय निर्वाचन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका