जोडिनुहोस
  • होमपेज
  • कपिलवस्तुबाट लागुऔषधसहित २ जना पक्राउ

कपिलवस्तुबाट लागुऔषधसहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । मंगलबार बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेसजस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका