जोडिनुहोस

खेलकुद

रियल र सिटीको खेल बराबरी

  • Sagarmatha TV
  • बुधबार, बैशाख २७, २०८०
रियल र सिटीको खेल बराबरी

काठमाडौं— युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले १—१ को बराबरी खेलेका छन् ।

अवे मैदानमा प्राप्त बराबरीले सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फाइदा पुग्नेछ । साथै सिटीले ट्रेबल उपाधि जित्ने सम्भावना कायम राखेको छ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ ।

रियलको मैदानमा सिटीले एक गोलले पछि परेको अवस्थामा केभिन डे ब्रुएनाको सानदार गोलमा खेल बराबरी गरेको थियो ।

घरेलु मैदान सान्टियागोल बर्नामेउमा भिनिसियस जुनियरले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर रियलले उक्त अग्रता कायम रख्न सकेन । ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका