जोडिनुहोस
  • होमपेज
  • बेंगलोरमाथि मुम्बईको सानदार जित

बेंगलोरमाथि मुम्बईको सानदार जित

काठमाडौं । सूर्यकुमार यादव र नेहाल वादेराको सानदार साझेदारीमा मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरमाथी ६ विकेटको सानदार जित दर्ता गरेको हो । बेंगलोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईको जितमा सूर्यकमार यादव तथा निहाल वादेराले अर्धशतकीय ईनिङ्स खेले । सूर्यले ३५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ८३ रनको सानदार ईनिङ खेले ।

तेस्रो विकेटका लागि सूर्यले निहाल वादेरासँग मिलेर ६४ बलमा १ सय ४० रनको सानदार साझेदारी गरे । यही विष्फोटक साझेदारीले नै जितको आधार तय भयो ।

नेहालले ३४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५२ रन बनाए ।मुम्बईका लागि ओपनर इशान किशनले आक्रामक सुरुआत दिलाएका थिए । किशनले २१ बलमा ४ चौका र ४ छक्कासहित ४२ रन जोडे ।

किशनले अर्का ओपनर तथा टोलीका कप्तान रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि २८ बलमा ५१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । कप्तान शर्माले ८ बलमा १ चौकाको सहयोगमा ७ रन बनाए ।

१७ औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै नेहालले जित पक्का गरे । क्यामरुन ग्रीन २ रनमा अविजित रहँदा टिम डेभिड शुन्य रनमा पेभिलियन फर्किए । बेंगलोरका लागि विजयकुमार बैशाख र वानिंदु हसरंगाले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन जोड्यो ।

कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गरेका थिए । उनीहरुले तेस्रो विकेटका लागि ६१ बलमा १ सय २० रनको साझेदारी गरेका थिए ।

कप्तान डु प्लेसिसले ४१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ्स खेले । म्याक्सवेलले ३३ बलमा ८ चौका तथा ४ छक्काको सहयोगमा ६८ अर्धशतकी ईनिङ्स खेले ।

बेंगलोरको सुरुआत भने राम्रो हुन सकेन टोलीका मुख्य ब्याटर विराट कोहलीको पहिलो ओभरमा नै १ रनमा आउट भएका थिए । कोहलीलाई १ रनमै आउट गरेका जेसन बेह्रेनडर्फले अर्को ओभरमा अनुज रावतलाई पनि पेभेलियन फर्काए ।

दिनेश कार्तिकले १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनको योगदान दिए ।मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ तथा कुमार कार्तिके,क्रिस जोर्डन र क्यामरुन ग्रीनले समान १/१ विकेट लिए ।

यस जितसँगै ११ खेलमा ६ जित र ५ हारसँगै १० टोली सहभागी लिगमा मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । बेंगलोर भने ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको सातौं स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका