जोडिनुहोस
  • होमपेज
  • प्रि बजेट छलफल : आज अर्थमन्त्रीले सांसदहरूलाई जवाफ दिने

प्रि बजेट छलफल : आज अर्थमन्त्रीले सांसदहरूलाई जवाफ दिने

काठमाडौं । आज प्रि बजेटका बारेमा सांसदहरूले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिँदैछन् ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

गत वैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् ।

अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌ंसदहरुले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन् ।

उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।

गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ ।

उनीहरू यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका