जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ

काठमाडौँ । निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बुधबार थप ४ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ११ हजार ६ सय रुपैयाँमा उक्लिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख २१ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्लो दिनको मूल्यले पुनः सोही रेकर्ड भेट्ने संकेत गरेको छ ।

आज तेजावी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने गत तीन दिनदेखि स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका