जोडिनुहोस
  • होमपेज
  • संसदमा नाराबाजी गर्दै राप्रपाका सांसदले भने– हामीले पनि लुगा खोल्नुपर्ने भो ?

संसदमा नाराबाजी गर्दै राप्रपाका सांसदले भने– हामीले पनि लुगा खोल्नुपर्ने भो ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् ।

नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आएको हो भन्दै सभामुखलाई प्रश्न गरे । राप्रपाका सांसद दीपकबहादुर सिंहले भने, ‘अब के हामीले पनि लुगा खोल्नुपर्ने भयो सभामुख महोदय ? यो हो तरिका ? हामीले हाम्रो कुरा राख्न नपाउने ?’

यसअघि सोमबार बोल्ने समय नपाएपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लुगा खोलेर विरोध जनाएका थिए ।

राप्रपाका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लगि प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका