जोडिनुहोस

खेलकुद

फुटबलर आल्भेस अझै जेलमा

  • Sagarmatha TV
  • बुधबार, बैशाख २७, २०८०
फुटबलर आल्भेस अझै जेलमा

काठमाडौँ । स्पेनको एक अदालतले चर्चित ब्राजिलियन फुटबल डानी आल्भेसलाई जमानतमा छाड्न अस्वीकार गरेको छ । जमानतमा छाड्नका लागि आल्भेसले दोस्रो पटक दिएको निवेदनलाई पनि अदालतले अस्वीकार गरेको हो ।

४० वर्षीय फुटबलर आल्भेसमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अदालतले कारागारमै राखेर उनीमाथि लागेको आरोपको अनुसन्धान अगाडि बढाउने जनाएको छ । आल्भेस गत जनवरीदेखि यौन दूव्र्यवहारको आरोपमा कारागारमा छन् ।

गत डिसेम्बरमा स्पेनको बार्सिलोनास्थित एक रात्री क्लबमा आल्भेसले एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आल्भेसले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका छन् ।

आफू निर्दोष रहेको उनको दाबी छ । आल्भेसको तर्फबाट उनका कानुन व्यवसायीले राहदानी रोक्का राखेर उनलाई कारागारबाट मुक्त गरिनुपर्ने माग गरेका थिए । तर, अदालत त्यसमा सकारात्मक देखिएन । यसअघि पनि आल्भेसले यस्तै मागसहित अदालतमा निवेदन दिएका थिए ।

मेक्सिकन क्लब पुमास युनामले पनि आल्भेससँगको सम्झौता रद्द भएको घोषणा गरिसकेको छ । यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा पर्नासाथ क्लबले उनीसँगको सम्झौता रद्द गरेको थियो । आल्भेस स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् ।

दुई फरक समयमा बार्सिलोनामा आबद्ध भएका आल्भेसले क्लबका लागि ४ सय ८ खेल खेलेका थिए । सन् २००८ देखि सन् २०१६ को बीचमा उनले बार्सिलोनालाई ६ वटा ला लिगा र ३ वटा च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसका अतिरिक्त डिफेन्डर आल्भेसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालियन सिरिए क्लब युभेन्ट्सबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

आल्भेसले ब्राजिलको राष्ट्रिय टोलीबाट १ सय २६ खेल खेलेका थिए । उनले हालै कतारमा सम्पन्न विश्वकप फुटबल पनि खेलेका थिए । उनी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका थिए । कतारमा विश्वकप खेल्दा उनको उमेर ३९ वर्ष २ सय १० दिन थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका