जोडिनुहोस
  • होमपेज
  • शीर्ष नेताको बैठकमै आशंका देखियो, दोषीलाई उन्मुक्ति दिने काम नहोस् : राजेन्द्र लिङदेन

शीर्ष नेताको बैठकमै आशंका देखियो, दोषीलाई उन्मुक्ति दिने काम नहोस् : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरण ठगीमात्रै नभएर जघन्य अपराध भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राज्यविरुद्धको अपराध, सरकारी कागज कीर्तेसम्बन्धी जघन्य अपराध भएको बताए ।

उनले भने, ‘यो प्रकरणमा संलग्नलाई छुट दिने त कुरै नगरौं कुनै पनि बहानामा कमजोर बनाउने र उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’

दुनियाँको अगाडि शिर निहुरिने गरी उपप्रधानमन्त्री र गृहमन्त्रीको नाम जोडिएपछि सरकारले जानकारी गराउनुपर्ने बताए । शीर्ष नेताहरूको बैठकले समेत अनुसन्धानमा प्रश्न उठेको उनको भनाई छ ।

अहिलेसम्म भएको प्रगति सरकारले संसदलाई जानकारी गराउन माग गर्दै सरकारले संसदमा प्रतिबद्धता जनाउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका