जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ । आज १५ रुपैयाँ घटेको चाँदी हिजो बुधबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका