जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिगमा आज एक मात्र खेल हुने

ए डिभिजन लिगमा आज एक मात्र खेल हुने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुँदैछ । यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

बिहीबार फ्रेन्ड्स र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । दोस्रो लेगको चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स र जावलाखेल भिड्न लागेका हुन् । खेल च्यासल मैदानमा दिउँसो ३ बजे राखिएको छ ।

तालिकाको पुछारमा रहेको फ्रेन्ड्स र शीर्षताको होडमा प्रतिस्पर्धा गरिरहेको सातदोबाटोबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।पछिल्लो समय लय बिग्रिएको सातदोबाटोलाई फ्रेन्ड्सले कडा चुनौती दिने ठानिएको छ ।

फ्रेन्ड्स १९ अंक सहित तालिकाको ११ औं स्थानमा रहदाँ सातदोबाटो २३ अंक सहित पाँचौ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका