जोडिनुहोस
  • होमपेज
  • राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १,२ र ३ गते काठमाडौँमा बस्नेछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीति सम्बन्धी कार्ययोजना पेस गर्नेछन् ।

त्यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालय सम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। बैठकमा पेस हुने सबै प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका