जोडिनुहोस
  • होमपेज
  • नेपाल भुटान व्यापार- ९६ करोडको आयात, ३५ करोडको निर्यात

नेपाल भुटान व्यापार- ९६ करोडको आयात, ३५ करोडको निर्यात

काठमाडौं । दक्षिण एसियाली मुलुक भुटानसँग नेपालले ६१ करोड ८१ लाख रुपैयाँ व्यापारघाटा ब्यहोरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपालले उक्त व्यापार घाटा ब्यहोरेको हो । यस अवधिमा नेपालबाट भुटानतर्फ जम्मा ३५ करोड १६ लाख रुपैयाँको निर्यात गरेको छ । जबकी, भुटानबाट नेपालतर्फ ९६ करोड ९८ लाख रुपैयाँको आयात गरेको छ । यसअनुसार साउन महिनादेखि चैतसम्ममा ६१ करोड ८१ लाख रुपैयाँभन्दा बढीको व्यापारघाटा भएको हो ।

भुटानबाट नेपालतर्फ मुख्यगरी जिप्समको आयात हुन्छ । यो सिमेन्ट उद्योगहरुले प्रयोग गछन् । सिमेन्ट उत्पादन गर्न चुनढुंगामा सिमित प्रतिशत जिप्सम मिलाउनुपर्छ । यहिकारण, भुटानबाट ठूलो मात्रामा जिप्सम आयात हुँदै आइरहेको छ । ९ महिनाको अवधिमा भुटानबाट नेपालतर्फ ९५ करोड ५६ लाख रुपैयाँ जिप्सम भित्रिएको छ ।

यो भुटानबाट नेपालतर्फ आयात भएको सम्पूर्ण मूल्यको ९५ प्रतिशत हाराहारी हो । यसबाहेक भुटानबाट १६ लाख रुपैयाँको अगरबत्ती, ८१ लाख रुपैयाँको प्लास्टर समेत आयात भएको छ । यस्तै, २८ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका यन्त्रउपकरण समेत आउने गरेको तथ्यांक भन्सार विभागको छ ।

यस्तै, नेपालबाट भुटानतर्फ भने सबैभन्दा धेरै स्टिलको कच्चा पदार्थ निर्यात हुँदै आइरहेको छ । नेपालबाट भुटानतर्फ २८ करोड ८३ लाख रुपैयाँ बराबरको स्टिल उत्पादनको कच्चा पदार्थ निर्यात भएको छ । यस्तै, १ करोड ५९ लाख रुपैयाँ बराबरको गार्मेन्टका सामाग्री, सोही मूल्य बराबरको स्मार्टफोनको समेत भुटानतर्फ निर्यात भएको छ । यसबाहेक अन्य वस्तुहरुसमेत निर्यात भइरहेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका