जोडिनुहोस
  • होमपेज
  • कांग्रेस बैठक अघि प्रधानमन्त्री प्रचण्डसँग देउवाले गरे भेट

कांग्रेस बैठक अघि प्रधानमन्त्री प्रचण्डसँग देउवाले गरे भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुगेका थिए ।

भेटवार्ता सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रित रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । नक्क्कली भुटानी शरणार्थीबारे कुनै छलफल नभएको उनको भनाई थियो ।

तर, सो प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राजनीतिक वृत्त तरंगित छ । त्यस विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ ।

बुधबार पनि बसेको कांग्रेसको बैठकमा नेता खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । तर, आजको बैठकले निर्णय लिनसक्ने बताइएको छ ।

पार्टीको बैठक बस्नुअघि देउवाले हिजो पनि प्रधानमन्त्री, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका