जोडिनुहोस
  • होमपेज
  • जनमतले तीनवटै तहका उम्मेदवारलाई बनायो पार्टी सदस्य

जनमतले तीनवटै तहका उम्मेदवारलाई बनायो पार्टी सदस्य

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीको राष्ट्रिय परिषद् र प्रदेश समितिका पदेन सदस्यहरू तोकेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई पार्टीको राष्ट्रिय परिषद्का पदेन सदस्यमा राख्ने निर्णय भएको उनले जानकारी गराएका छन् । जनमत पार्टीले राष्ट्रिय परिषद्मा ९० जनालाई पदेन सदस्यको रूपमा सहभागी गराएको छ ।

त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचनमा जनमतबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भएकाहरूलाई सम्बन्धित प्रदेश समितिका पदेन सदस्यमा राख्ने निर्णय भएको अध्यक्ष राउतले जानकारी गराएका छन् । कोशी प्रदेशको प्रदेश समितिमा २१ जना, मधेस प्रदेशको प्रदेश समितिमा १०१ जना समावेश गराएको जनमतले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश समितिमा आठ जना, गण्डकी प्रदेशको प्रदेश समितिमा चार जना, लुम्बिनी प्रदेशको प्रदेश समितिमा ३० जना र सुदूरपश्चिम प्रदेशको प्रदेश समितिमा पाँच जनालाई समावेश गराएको जनमत पार्टीले जनाएको छ ।

राष्ट्रिय परिषद् तथा प्रदेश समितिहरूमा अन्य सदस्यहरू मनोनीत गरी राष्ट्रिय परिषद् तथा प्रदेशका कार्यकारिणी समितिहरू गठन गरिने अध्यक्ष राउतले बताए । ती समितिहरू गठन नभएसम्म जनमत पार्टीका अध्यक्ष राउतको संयोजकत्वमा राष्ट्रिय परिषद् तथा प्रदेश इन्चार्जहरूको संयोजकत्वमा प्रदेश समितिहरूको विस्तार तथा अधिवेशनको प्रक्रिया अगाडि बढाइने जनमत पार्टीले जनाएको छ ।

त्यसैगरि, स्थानीय निर्वाचनमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा उठेका उम्मेदवारहरू स्वतः सम्बन्धित जिल्ला समन्वय समितिका सदस्य हुने जनमतले निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका