जोडिनुहोस
  • होमपेज
  • ७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

‘काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि गुज्रिएपश्चात् साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरु हुने’ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

यसका साथै रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्र :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका