जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सबै मिलेर समाधान गर्नुपछ : अध्यक्ष ढकाल

अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सबै मिलेर समाधान गर्नुपछ  : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकार,नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकार, नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताए । पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको उनले बताए ।

अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड–१९को असरको प्रभावको कारण,रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गरे । वर्तमान अर्थतन्त्रको समस्या र चुनौतीलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आग्रह गरे । अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रूपमा सोच्नुपर्ने अवस्था आएको उनले बताए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउनको लागि सबै मिल्नुपर्ने बताए । अध्यक्ष मल्लले सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधारको काम गर्नु आवश्यक रहेको बताए । सरकारलाई चालु खर्च धान्न पनि मुलुक भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका