जोडिनुहोस
  • होमपेज
  • जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते

जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते

सिन्धुपाल्चोक— चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका