जोडिनुहोस
  • होमपेज
  • शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न देऊ : योगेश भट्टराई

शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न देऊ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले प्रहरी राजनीतिक दबाब र पक्षधरताबाट मुक्त हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको दबाबका कारण उनले निर्मला पन्त प्रकरणको अनुसन्धान बरालिएकोतर्फ स्मरण गराउँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराधमात्र नभई मानव तस्करी र बेचबिखानमा सरकारको राजनीति र प्रशासनिक नेतृत्वकै अगुवाइमा भएको राष्ट्रद्रोह भएको लेखेका छन् ।

‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपूरणीय क्षति पुगेको छ’, नेता भट्टराईले लेखेका छन्, ‘पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई शुद्धीकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको जालो नस्ट गर्ने, नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका