जोडिनुहोस
  • होमपेज
  • दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीवार बेलुकी ६ बजे घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीवार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका