जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । उनी अघिल्लो सरकारका बेला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । यसअघि माओवादी केन्द्रको तर्फबाट शुशिला सिंखडा विनाविभागिय मन्त्री भइसकेका छन् ।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी शुशिला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका