जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशमा तीन वर्षमा ३३९ को हत्या, १४९९ बलात्कार

कोशी प्रदेशमा तीन वर्षमा ३३९ को हत्या, १४९९ बलात्कार

विराटनगर । कोशी प्रदेशमा तीन वर्षको अवधिमा ३ सय ३९ जनाको हत्या भएको छ । आर्थिक वर्ष ७७/७८ देखि चालु वर्षको बैशाख १५ सम्ममा ३ सय ३९ जनाको हत्या भएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८मा १सय ५३ जना, ७८/७९मा १३२ जना र चालु आर्थिक वर्षको वैशाख १५ सम्ममा कोशी प्रदेशमा ६४ जनाको हत्या भएको उल्लेख छ ।

कोशी प्रदेशमा तीन वर्षमा १ सय ५८ वटा ज्यान सम्बन्धी मुद्दा दर्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ७७/७८ मा ४९ वटा ७८/७९मा ६७ वटा र चालू आर्थिक वर्षमा ४२ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

कोशी प्रदेशमा तीन वर्षको अवधिमा १ हजार ४ सय ९९ वटा जबरजस्ती करणीका घटना भएका छन् । आर्थिक वर्ष २०७७/७८मा ५ सय ९० जना ७८/७९मा ५सय ९१ जना र चालू आर्थिक वर्षको वैशाख १४ सम्ममा ३९० जना महिला तथा बालिका बलात्कार सिकार भएका छन् ।

यो अवधिमा ३ सय ९३ वटा जबरजस्ती करणी उद्योगमा पनि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जबरजस्ती करणीमा आर्थिक वर्ष ७७/७८मा १ सय ७० वटा आर्थिक वर्ष ७८/७९मा १ सय ३९ वटा र चालू वर्षमा ८४ वटा जबरजस्ती करण उद्योगमा मुद्दा दर्ता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा मानव बेचबिखनको घटनामा भने क्रमशः कमी आउँदै गएको बताए ।

उनका अनुसार ७७/७८मा कोशी प्रदेशमा २३ वटा मानव बेचबिखनको मुद्दा दर्ता भई कारबाही भएकोमा ७८/७८मा भने यो प्रदेशमा मानव बेचविखनका १८ वटा मुद्दा दर्ता भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका