जोडिनुहोस
  • होमपेज
  • महँगी घटाउन बजार अनुगमनलाई ध्यान दिन केन्द्रीय बैंकको सुझाव

महँगी घटाउन बजार अनुगमनलाई ध्यान दिन केन्द्रीय बैंकको सुझाव

काठमाडौँ । बढ्दो मुद्रास्फीति (बजार महँगी) घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले बिक्रेतालाई अस्वाभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा महँगी केही नियन्त्रणमा आउने बताएको हो ।

साथै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरूप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्ने समेत केन्द्रीय बैंकले बताएको छ ।

‘मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि रहेको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत रहेकोमा चालु वर्षको नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ ।

खाद्यान्न, दुग्ध पदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातित वस्तुहरु र इन्धनको मूल्य वृद्धिका साथै नेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केहीमाथि रहने देखिन्छ ।

नेपालमा उपभोग्य वस्तुको मूल्य खासगरी आन्तरिक उत्पादन, आयातित वस्तुहरूको मूल्य र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनमा निर्भर रहने गर्दछ ।

आयाततर्फ, करिब दुई–तिहाइ आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आयात भारतबाट हुने गरेको छ । भारतमा थोक मूल्य घट्दै गइरहेको छ । सन् २०२२ मार्च महिनामा भारतमा थोक मूल्य वृद्धि १४.६३ प्रतिशत रहेकोमा सन् २०२३ मार्च महिनामा १.३४प्रतिशतमा झरेको छ ।

यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातित वस्तुहरूको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशः कम हुँदै जाने देखिन्छ’ केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका