जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौँ महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।

शुक्रवार काठमाडौँ म्हानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । पटक पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न÷नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए । पाण्डेले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्ता गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए ।

प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका