जोडिनुहोस
  • होमपेज
  • परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत

परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।आज काठमाडौँमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले परियोजनाहरूलाई नाफामुखी बनाउँदा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए ।

प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिए जोखिम सम्पतीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको उनले बताए । उनले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आइटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताए । पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आइटी क्षेत्रमा लगानी बिस्तार गर्न सरकार अनुकूल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको उनले बताए । आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका