जोडिनुहोस
  • होमपेज
  • २०४६ सालपछिका उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

२०४६ सालपछिका उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै २०४६ सालपछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेको हो।

त्यस्तै अवैध सम्पत्ति जफतको समेत माग गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको इमान्दारितापूर्वक छानबिन गर्न पनि राप्रपाले माग गरेको छ।

ज्ञापनपत्र बुझाएपछिसञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने कुरा आफुहरूले राखेको बताए। त्यसैगरी विगतमा भएका ठूला-ठूला भ्रष्टाचार काण्डको फाइल खोल्न पनि माग गरिएको उनले जानकारी दिए।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि भएको उल्लेख गरेको जानकारी दिए। उनले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुनकाण्ड र क्यान्टनमेन्ट घोटाला काण्डको समेत छानबिनको माग गरिएको स्पष्ट पारे।

उनले राप्रपाले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीलाई दबाब दिएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका