जोडिनुहोस
  • होमपेज
  • तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन् महिला

तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन् महिला

काठमाडौँ । ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो ।

उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उनले बताइन् । त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिइन् । उनी करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन थिइन् ।

बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो । तर त्यो असम्भव भयो । भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल भएका थिए । भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ । आजको नागरिक दैनिकमा समाचार छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका