जोडिनुहोस
  • होमपेज
  • बङ्गलादेशमा शक्तिशाली ‘मोका’ आँधी आउँदै, ५ लाखलाई सुरक्षित स्थानमा सारियो

बङ्गलादेशमा शक्तिशाली ‘मोका’ आँधी आउँदै, ५ लाखलाई सुरक्षित स्थानमा सारियो

ढाका । अकल्पनीय ‘मोका’ आँधीको चेतावनीसँगै ५ लाख बङ्गलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोका’ नामक चक्रवातले विध्वंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोकाको सम्भावित बिध्वस‌बाट बचाउनका लागि बङ्गलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ ।

प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोका’ नामको आँधीले बङ्गलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आकलन गरी सो शिविरहरू निर्माण गरिएको हो ।

सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहसनहस गरेर अघि बढ्ने मौसमविद्हरूले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् ।

हाल बङ्गलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बङ्गलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झन्डा फहराएर चेतावनी दिइएको छ ।

अझै केही दिनसम्म सक्रिय रहने मोका आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बङ्गलादेशले दुई दशकपछि आइरहेको सबै भन्दा शक्तिशाली आँधीको रूपमा मोकालाई लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका