जोडिनुहोस
  • होमपेज
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

काठमाडौँ । बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो । तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो ।

तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका