जोडिनुहोस
  • होमपेज
  • दार्चुलामा चटयाङ लागेर ३ जना घाइते

दार्चुलामा चटयाङ लागेर ३ जना घाइते

दार्चुला । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् । यार्सगुम्बा संकलन गरिरहेका माथि चटयाङ पर्दा ३ जना घाइते भएका हुन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।

यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका