जोडिनुहोस
  • होमपेज
  • धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते

धनकुटा । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धनकुटाको चौविसे गाउँपालिका– ५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय राजारानीका अनुसार घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन् । मौनाखोला नजिकको जंगलमा उनीहरुमाथि चितुवाले आक्रमण गरेको थियो ।

सो आक्रमणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका