जोडिनुहोस
  • होमपेज
  • चेन्नईमाथि कोलकोताको शानदार जित

चेन्नईमाथि कोलकोताको शानदार जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईले दिएको १४५ रनको लक्ष्य पाएको कोलकोताले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कोलकोताको जितमा कप्तान नितिश रानाले अविजित ५७ रन बनाए भने रिंकु सिंहले ५४ रन बनाएका थिए । त्यस्तै जासन रोयले १२ रन बनाएका थिए ।

त्यस्तै चेन्नईका बलर दिपक चहरले ३ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।

चेन्नईका लागि शिवम दुबेले सर्बाधिक ४८ रन बनाए भने डेभोन कोनवेले ३० रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले २० रन बनाए भने रुतुराज गायकवाडले १७ र आजिख्य रहानेले १६ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर वरुण चक्रवर्ती र सुनिल नारनले २(२ विकेट लिएका थिए भने वैभव अरोरा र श्रदुल ठाकुरले एक एक विकेट लिएका थिए ।

यो जितपछि कोलकोताले प्लेअफको सम्भावनालाई कायम राखेको छ भने चेन्नईलाई प्लेअफमा पुग्नेबाट अर्को खेलसम्मका लागि रोकेको छ ।

यो जितपछि कोलकोताको १३ खेलमा १२ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै चेन्नईको १३ खेलमा १५ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका