जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिग : आज दुई खेल हुदै

ए डिभिजन लिग : आज दुई खेल हुदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपरान्ह तीन बजेदेखि हुनेछ ।

आजका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र मछिन्द्र क्लबबीच खेल हुनेछ । जारी लिगमा खुमलटारको १७ खेलमा १७ अंक सहित लिगको पुछारमा रहेको छ ।

उता मछिन्द्र १७ खेलमा २७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । त्यस्तै दशरथ रंगशालामा संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

जारी लिगमा संकटा क्लबको १७ खेलमा २० अंकका साथ १२ औं स्थानमा रहेको छ । हिमालयन शेर्पा भने १७ खेलमा २१ अंकका १० औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका