जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद् भवनमा सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सभामुखले शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यता, आजै दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा सुरु हुनेछ ।

आजको बैठकमा मनोसामाजिक अपाङ्गताको दृष्टिकोणबाट विद्यमान कानुनमा रहेका विभेदकारी व्यवस्थाहरू हटाउने सम्बन्धमा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका