जोडिनुहोस
  • होमपेज
  • चार खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

चार खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने २०औँ मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २–० को अग्रता दिलाउन सफल भए ।

उता, ४०औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३–० को सानदार अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुवाती ५३औँ मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४–० को थप अग्रता जुटाउन सफल भयो । तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन ।

७३औँ मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए । त्यसमाथि इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को ल्याइदिए । त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसके पछि खेल ४–२ मा टुङ्ग्याउँदै बार्सिलोनाले जीत हासिल गर्‍यो ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औँ स्थानमा सीमित रहेको छ ।

बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका