जोडिनुहोस
  • होमपेज
  • मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु

मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो ।

मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको अनुमान छ । दुर्घटनास्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान छ ।

अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

मेक्सिकोमा सन् २०२१ मा भएको एक सवारी दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका