जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिकाका प्रकाश सरदार, धनपाल गाउँपालिकाका दिपेश कुमार सरदार, विजय सहनी, जितेन कुमार राय र विराटनगर महानगरपालिकाका रोहित चौधरी रहेका छन् ।

विभिन्न मिति र समयमा को ३० प ७६९२, को २५ प १३२६ र को ३७ प १३२३ नम्बरको मोटरसाइकल चोरीमा संम्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरु उपर मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ७ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका