जोडिनुहोस
  • होमपेज
  • माओवादी नेता अग्नि सापकोटा नेतृत्वको टोली चीन जाँदै

माओवादी नेता अग्नि सापकोटा नेतृत्वको टोली चीन जाँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । सभामुखको जिम्मेवारीबाट निस्किएपछि पहिलोपटक सापकोटा जेठ पहिलो साता चीन भ्रमणमा जान लागेका हुन् ।

सापकोटाको नेतृत्वमा १८ जनादेखि २० जनाको टोली चीन भ्रमणमा जान लागेको पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकाटा ‘दीपशिखा’ले बताए ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी टु पार्टी सम्बन्ध विस्तार र अनुभव आदनप्रदानमा जान लाग्नुभएको हो । नियमित यसरी नै चल्दै आएको कार्यक्रम अन्तर्गत उहाँहरु जान लाग्नुभएको हो’ सापकोटाले भने, ‘यो लामो समयदेखि चल्दै आएको छ । यो कार्यक्रममा कांग्रेस, एमालेका नेताहरुसमेत जाने आउने गर्नुहुन्छ ।’

कुनै विशेष कार्यक्रमभन्दा पनि नियमित कार्यक्रम अन्तर्गत सापकोटा चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा अरु पार्टीका नेता र जनवर्गीय संगठनका नेताहरु समेत सहभागी हुने भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका