जोडिनुहोस
  • होमपेज
  • मेरो चरित्रमाथि नै बलात्कार गरियो : आरजु राणा

मेरो चरित्रमाथि नै बलात्कार गरियो : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आफू सो प्रकरणमा सामेल भएको भन्दै आएको अडियो झुटो रहेको दाबी गर्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको दाबी गरिन् ।

राणाले भनिन्–‘हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्‍यो । मैले ६ दिन अगाडि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा इनभल्भ भनेर बनाइएको फेक अडिओ फोरेन्सिक टेस्टको लागि सीआईबी र साइबर क्राइम सेलमा दिएको थिएँ । त्यो दर्ता गर्न पनि मानिएको थिएन । साथीहरुले विश्वास गर्नु हुन्न होला, सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो दर्ता गराउन । त्यसको पनि जवाफ म गृह मन्त्रालयबाट सोध्न चाहन्छु । अलमल किन थियो त दर्ता गर्न ?’

उनले अडियोमा अरुको नामपनि जोडिएपनि मेरो नाममात्र किन उच्चरण हुन्छ भनेर प्रश्न गरिन । उनले आफ्नो चरित्र हत्यामात्र नभई चरित्रमाथि नै बलात्कार गरिएको टिप्पणी गरिन् ।

सांसद राणाले भनिन्, ‘मलाई साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर । र यो चैँ म एकदम कडाइका साथ भन्छु वुमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले ब्यहोर्न सक्नु पर्छ । म ब्यहोरी राछु । तर सबै जनाको यो यस्तो किसिमको सबै महिला प्रति नगरियोस् यो देशमा । योभन्दा अगाडि पनि धेरै महिलालाई सुसाइट गर्नलाई फोर्स गरिएको छ मिडियाले । म चैँ त्यो भिक्टिम हुने महिला होइन । बट दिस इज अ रेप अफ माई क्यारेक्टर ।’

उनले सरकारले आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्दै दोषीमाथि कारबाहीको माग समेत गरेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका