जोडिनुहोस
  • होमपेज
  • टोपबहादुर पक्राउको जानकारी पत्र प्रहरीले संसद सचिवालयमा पठायो

टोपबहादुर पक्राउको जानकारी पत्र प्रहरीले संसद सचिवालयमा पठायो

काठमाडौं । नेपाल प्रहरीले पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको छ ।

काठमाडौं प्रहरी परिसरले उनलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी सचिवालयमा गराएको हो । पक्राउ पुर्जी जारीपछि फरार रायमाझी हिजो बेलुकी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

प्रतिनिधिसभाको नियमावली २०७९ को दफा २४८ उपदफा १ मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था छ ।

रायमाझी पक्राउको सूचना प्रहरीबाट प्राप्त भएपछि उनलाई निलम्बनको प्रक्रिया अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका