जोडिनुहोस
  • होमपेज
  • सभामुखले रायमाझी पक्राउको जानकारी संसद्लाई दिने

सभामुखले रायमाझी पक्राउको जानकारी संसद्लाई दिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीले सभामुखलाई बुझाएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम सदनलाई रायमाझी पक्राउको जानकारी सोमबारको बैठकमा गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि रायमाझी आइतबार बेलुका काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।

सोमबार उनलाई सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगेको छ । रायमाझीसँगै यो प्रकरणमा १३ पक्राउ परेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका