जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै

ए डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार तीन खेल हुदैछ । विभागीय डर्बीदेखि उपाधि होडमा प्रतिस्पर्धा गरिरहेको चर्च ब्वाईज युनाईटेडले आ–आफ्नो चुनौती पेश गर्नेछन् ।

पाँचौं चरणको खेल अन्तर्गत च्यासल मैदानमा दिउँसो तीन बजे नेपाल पुलिस क्लब सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यस वर्ष रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको पुलिस र उपाधि होडमा चुनौती पस्किने टिम बनेको एपीएफबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

सिजनको सुरुआतमा सुस्त देखिएको पुलिसले विदेशी खेलाडीको आगमनसँगै उत्कृष्ट नतिजा निकाल्न सुरु गरेको छ । यद्धपी क्लबले रेलिगेशनको जोन छाड्न सकेको छैन । रेलिगेशन जोन भन्दा माथि रहेका क्लबसँगको अंक दुरी खासै टाढा नरहेकाले पुलिसको आत्मविश्वास भरिदै आएको छ ।

यस सिजन लिगमा निकै उत्कृष्ट टोली बनेको एपीएफले खेलाडी अनुसारको नतिजा निकाल्न भने सकेको छैन । पुलिसलाई हराउँदै शीर्षताको होडमा पुग्ने अवसर भने एपीएफलाई छ । तालिकाको पुछारदेखि दोस्रोमा रहेको पुलिसको १९ अंक छ । एपीएफ २२ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

सोही समय दशरथ रंगशालामा भने थ्री स्टार र आर्मी भिड्नेछन् । औसत टिम र औसत नतिजा सहित सिजनको सुरुआत गरेको थ्री स्टारलाई सुरुवाती खेलमा प्राप्त नतिजाले केही महत्वकाक्षी बनाईदिएको थियो । तर युवा र अनुभवी खेलाडी साथमा मेघराज केसीको नेतृत्वमा रहेको सन्तुलित टिमले यस सिजन राम्रो प्रर्दशन गरिरहेको छ ।

उपाधि होडमा चुनौती दिने आँकलन गरिएको आर्मी र थ्री स्टारको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । थ्री स्टार २५ अंक सहित पाँचौं र आर्मी २४ अंक सहित छैटौं स्थानमा छन् ।

दिनको अन्तिम खेलमा चर्च ब्वाईज र सातदोबाटो युथ क्लब आमने सामने हुदैछन् । दशरथ रंगशालामा उत्रदै गर्दा दुवै टोलीलाई जित निकाल्दै शीर्ष स्थानको जावलाखेलमाथि दबाब राख्ने अवसर हुनेछ । पछिल्लो खेलमा आर्मीसँग स्तब्ध बनेर तीन अंकको अग्रता लिन चुकेको चर्च ब्वाईजलाई सोमबारको खेलमा जित निकाल्दै तालिकामा स्पष्ट दुई अंकको अग्रता बढाउने अवसर छ ।

यता सातदोबाटोलाई चर्च ब्वाईजलाई स्तब्ध बनाउँदै शीर्ष स्थानको जावलाखेलमाथि दबाब बढाउने र अंक दुरी घटाउने महत्वपुर्ण अवसर रहेको छ । चर्च ब्वाईज ३० अंक सहित दोस्रो स्थानमा र सातदोबाटो २६ अंक सहित चौथौं स्थानमा छ । शीर्ष स्थानको जावलाखेलको ३१ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका